logo

२०८३ साउन १३ बुधबार

रुसको बेल्गोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जनाको मृत्यु, ३ घाइते

रुसको बेल्गोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जनाको मृत्यु, ३ घाइते


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    युक्रेनी सशस्त्र सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

    यस क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले दिएको जानकारी अनुसार एक व्यक्तिको मृत्यु भएको छ, उनी शहरको एक अपरेटिङ इन्टरप्राइजमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बुझिएको छ ।

    घाइते हुनेमा दुई किशोर र एक वयस्क रहेको पनि गभर्नरले बताएका छन् । ‘दुई ठूला उद्योगको परिसरमा कैयौं गोला खसेको र आगोलागी भएको थियो । आपतकालीन सेवाहरूले क्षेत्रको निरीक्षण गरिरहेको छ’, गभर्नरले भने। युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend