logo

२०८३ साउन १४ बिहिबार

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend