logo

२०८३ साउन १३ बुधबार

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ४१ दशमलव ७४ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७० वटा कम्पनीको ७० लाख ५० हजार कित्ता शेयर दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशत तथा न्यादी हाइड्रो र नयाँ साथी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै युनियन इन्सुरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend