logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपतिद्वारा रेशम चौधरीको बाँकी कैद मिनाहा

राष्ट्रपतिद्वारा रेशम चौधरीको बाँकी कैद मिनाहा


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेका रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् । तर राष्ट्रपति कार्यालयको विज्ञप्तिमा टोपबहादुर बुढाको नाम मात्र उल्लेख छ ।

    मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले रेशम चौधरीको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । रेशम २०७२ साल भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । त्यस्तै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आममाफी र कैद मिनाहापछि उनीहरु सोमबार छुट्नेछन् । कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend