logo

२०८३ साउन १४ बिहिबार

एमालेद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

एमालेद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ ।

    ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा र पुष्पगुच्छासहित सम्मान गरेका हुन् । अध्यक्ष ओलीले उनको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपाली र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए ।

    उनले बुढामगरको सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे । “हरि बुढामगरको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस र  सङ्कल्प गरे असम्भव देखिएका चिज पनि सम्भव हुन्छन”, उनले भने, ‘उहाँ अपाङ्गता भएर यताउता हिँड्न नसक्ने हुनुहुन्छ । तर सगरमाथा चढेर आउनुभयो ।”

    अध्यक्ष ओलीले मगरले शारीरिक अपाङ्गता भएका मानिसको उचाइ सगरमाथामाथि थपेको भनाई राखे । “सबैका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । यो सफलता हामी सबै नेपालीको सफलता हो ।  विश्वकै साहस र सङ्कल्पको सफलता हो । केही गर्छु भन्ने अठोटको सफलता हो”, ओलीले भने ।

    कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले दुवै खुट्टा नभएर विश्वको सर्वोच्च सगरमाथा चढेर मगरले नेपालका लागि खुसी र गर्वको विषय भएको बताए ।

    सफल आरोही मगरले अपाङ्गता भएका व्यक्तिलाई सहयोग र अवसर दिन आग्रह गरे ।  उनले नेपाल र नेपालीको शिर सगरमाथा जस्तै उच्च राख्न सकेको बताए ।

    रोल्पाको थबाङस्थित मिरुल घर भएका दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend