logo

२०८३ साउन १५ शुक्रबार

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन


हाम्रो राष्ट्र
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1K
    SHARES

     

    काठमाडौं । नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ ।

    अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए ।

    चालु आवमा शिक्षातर्फ सङ्घमा  १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा  पाँच अर्ब ३२ करोड र स्थानीय तहमा  एक खर्ब २१ अर्ब एक करोड बजेट हस्तान्तरण गरिएको थियो ।

    बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend