logo

२०८३ साउन १३ बुधबार

यस पटक भिन्न प्रकारले बजेट प्रस्तुत भएकाले शतप्रतिशत कार्यान्वयन हुन्छः अर्थमन्त्री महत

यस पटक भिन्न प्रकारले बजेट प्रस्तुत भएकाले शतप्रतिशत कार्यान्वयन हुन्छः अर्थमन्त्री महत


हाम्रो राष्ट्र
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशनशरण महतले बजेट कार्यान्वयन गर्नेमा शंका नगर्न आग्रह गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले यस पटक भिन्न प्रकारले बजेट प्रस्तुत भएकाले शतप्रतिशत कार्यान्वयन हुने दाबी गरेका हुन् । उनले विगतमा प्रश्न उब्जिने गरेको भएपनि यसपटक बजेट कार्यान्वयन गर्न सकिने बताए ।

    उनले यो वर्ष राजश्व वृद्धि हुने अनुमान गरेको बताए । बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन सकिने र राजश्व चलायमान भए शतप्रतिशत राजश्वको भोलुम बढ्ने उनको भनाई थियो । उनले नीतिगत सुधारका कुराहरू बजेटले बोलेको बताए ।

    समग्रमा बजेटले आउने दिनमा आथिक वृद्धि र आर्थिक वृद्धिको पहुँचमा आमनागरिकसम्म पुर्याउने लक्ष्य लिएको भन्दै अर्थमन्त्री महतले बजेटमा पूर्वाधार विकासमा जोड दिएको बताए ।

    उनले विद्युतीय सवारीलाई प्रमोट गर्ने सरकारको उद्देश्य रहेको बताए । महतले सांसद विकास कोषको रकमको बचाउ गरेका छन् । उनले संसद्को भूमिका सिफारिस मात्र गर्ने भएको र कार्यान्वयन गर्नेमा नभएको बताए । उनले यो कार्यक्रमको बजेट दुरुपयोग नुहने बताए । एक करोड माथिका मात्रै आयोजनामा पैसा खर्च गर्नुपर्ने भएकाले त्यो उपभोक्ता समितिमार्फत गर्न नमिल्ने उनको भनाइ छ ।

    उनले भने, ‘ठेक्का मन्त्रालयले लगाउँछ, सांसद्ले केही गर्न सक्दैन । सम्बन्धित मन्त्रालयले लगाउने हो ।’ उनले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड खर्च गर्न पाउने गरेर सांसद विकास कार्यक्रमलाई निरन्तरता दिएका छन् । सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत भएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend