logo

२०८३ साउन १४ बिहिबार

हतियारधारी समूहद्वारा महोत्तरीमा एनएमबी बैंकको ३५ लाख लुटपाट

हतियारधारी समूहद्वारा महोत्तरीमा एनएमबी बैंकको ३५ लाख लुटपाट


हाम्रो राष्ट्र
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    महोत्तरी । महोत्तरीमा अज्ञात समूहले बैंकमा लुटपाट गरेको छ । मंगलबार महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend