logo

२०८३ साउन १३ बुधबार

मुम्बई आतङ्कवादी हमलाका सहयोगीको मृत्यु

मुम्बई आतङ्कवादी हमलाका सहयोगीको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ ।  पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो । सोमबार दिउँसो उनको हुदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

    सन् २०१२ मा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भुटावीलाई आतङ्कवादी घोषणा गरेको थियो । त्यसको केही वर्षपछि आतङ्कवादलाई प्रश्रय दिनका साथै आतङ्कवादीलाई वित्तीय सहयोग गरेको आरोपमा पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    अदालतले उनलाई दोषी ठहर गरेपछि उनी कारागारमा सजाय भोगिरहेका थिए । सन् २०२० को अगष्टमा उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो । मङ्गलबार उनको लाहोरमा अन्त्येष्टि गरिएको लस्कर ए तैबाका सदस्य सार्वजनिक गरेको भिडियोमा दाबी गरिएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend