logo

२०८३ असोज ८ बिहिबार

उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भूउपग्रह दुर्घटना

उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भूउपग्रह दुर्घटना


हाम्रो राष्ट्र
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    उत्तर कोरियाले आफूले अन्तरिक्षमा प्रक्षेपण गर्ने तयार पारेको एउटा भूउपग्रहमा खराबी देखिएपछि त्यो समुद्रमा खसेको जनाएको छ । उक्त रकेट प्रक्षेपण गरिएपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकहरूलाई सुरक्षित ठाउँमा आश्रय लिन भन्दै चेतावनी जारी गरेका थिए । तर लगत्तै उनीहरूले त्यसलाई हटाएका थिए।

    उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार सैनिक निगरानीसँग सम्बन्धित उक्त भूउपग्रह समुद्रमा खसेको थियो । दक्षिण कोरियाली सेनाले उक्त रकेट रेडारबाट गायब भएको र त्यो दुर्घटनाग्रस्त वा विस्फोटन भएको जनाएको छ ।

    सुरुमा जापानी सेनाले उक्त वस्तु दक्षिणमा अवस्थित ओकिनावा टापुतर्फ आउँदै गरेको बलिस्टिक क्षेप्यास्त्र भएको जनाएको थियो। तर पछि उसले त्यो समुद्रमा खसेको उल्लेख गरेको थियो । यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जून ११ भित्र भूउपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो ।

    अब उसले सम्भव भएसम्म चाँडो दोस्रो भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किसिदाले उत्तर कोरियाले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जस्तो देखिएको भन्दै सरकारले विस्तृत विश्लेषण गरिरहेको जनाएका छन् ।

    यसअघि जापानले आफ्नो भूभागमा जोखिम पुर्याउने कुनै पनि वस्तु खसाल्न तयार रहेको बताएको थियो। उक्त प्रक्षेपणको योजना घोषणा गर्दै त्यो अमेरिका र दक्षिण कोरियाको ‘लापरबाहीपूर्ण सैनिक गतिविधि’ को परिणाम भएको बताएका थिए ।

    बुधवारको प्रक्षेपणअघि अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाबाट हुने कुनै पनि बलिस्टिक क्षेप्यास्त्र प्रविधिको प्रक्षेपणले राष्ट्र सङ्घको सुरक्षा परिषद्का कैयौँ प्रस्तावहरू उल्लङ्घन गर्ने बताए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend