logo

२०८३ साउन १५ शुक्रबार

श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर २५ दशमलव २ प्रतिशतमा सीमित

श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर २५ दशमलव २ प्रतिशतमा सीमित


हाम्रो राष्ट्र
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर अप्रिलमा ३५ दशमलव ३ प्रतिशतबाट घटेर मे महिनामा २५ दशमलव २ प्रतिशतमा झरेको सरकारले जनाएको छ ।

    कोलम्बो उपभोक्ता मूल्य सूचकाङ्कले श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर अप्रिलमा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले घटेर मे महिनामा २५ दशमलव २ प्रतिशत कायम भएको सङ्केत गरेको राष्ट्रपतिको सञ्चार विभागले जनाएको छ ।

    मुद्रास्फीतिमा आएको यो कमीले विदेशी विनिमय सङ्कटबाट नराम्ररी प्रभावित सङ्कटग्रस्त अर्थतन्त्रलाई केही राहत प्रदान गर्ने देखिएको छ । श्रीलङ्काले सात दशकमा सामना गरेको सबैभन्दा खराब वित्तीय सङ्कटका कारण देशमा आर्थिक तथा राजनीतिक देखिएको थियो ।

    खाद्य मुद्रास्फीति अप्रिलमा ३० दशमलव ६ प्रतिशत रहेकोमा मे मा २१ दशमलव ५ प्रतिशत कायम भएको छ । श्रीलङ्काको केन्द्रीय बैंकले मुद्रास्फीतिको अनुमानित घट्दो प्रवृत्ति सन् २०२३ सम्म जारी रहने अप्रिलमा प्रक्षेपण गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend