logo

२०८३ साउन १५ शुक्रबार

युक्रेनको खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध लम्ब्याउन ईयू अधिकारीको आग्रह

युक्रेनको खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध लम्ब्याउन ईयू अधिकारीको आग्रह


हाम्रो राष्ट्र
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    FILE - Workers load grain at a grain port in Izmail, Ukraine, on April 26, 2023. The United Nations is racing to extend a deal that has allowed for shipments of Ukrainian grain through the Black Sea to parts of the world struggling with hunger, helping ease a global food crisis exacerbated by the war that Russia launched more than a year ago. (AP Photo/Andrew Kravchenko, File)

    युरोपेली सङ्घ (इयू) का कृषि आयुक्तले युक्रेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध कम्तीमा अक्टोबरको अन्त्यसम्म लम्ब्याउन आवश्यक रहेको बताएका छन् ।

    युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको र स्थानीय किसानमा असर परिरहेको भन्दै पूर्वी युरोपेली सङ्घका देशहरूले गुनासो गरेपछि युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीच विवाद उत्पन्न भएको हो ।

    ईयूले बुल्गेरिया, हङ्गेरी, पोल्याण्ड, रोमानिया र स्लोभाकियासँग युक्रेनबाट खाद्यान्न आयातमा रोक लगाउने सम्झौता गरेको थियो । युरोपेली कृषि आयुक्त जानुस्ज वोज्सीचोव्स्कीले अक्टोबरको अन्त्यसम्म वा वर्षको अन्त्यसम्म प्रतिबन्ध लम्ब्याउन आवश्यक रहेको बताए ।

    अन्य देशमा स्थिति सुधारको लागि यो अस्थायी आयात प्रतिबन्धलाई लम्ब्याउनुपर्ने बताए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो युद्धग्रस्त देशमाथिको निर्यात प्रतिबन्धलाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै आलोचना गरिसकेका छन् ।

    फ्रान्स र जर्मनीसहित १२ ईयू देशहरूले पनि प्रतिबन्धहरूको विरोध गरेका छन्, जसले ‘पारदर्शिताको कमी’बारे चिन्ता व्यक्त गरेका छन् र यसले युरोपको एकल बजारलाई कमजोर पार्ने खतरा रहेको चेतावनी दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend