logo

२०८३ असोज ८ बिहिबार

एर्दोगानले शनिबार संसदमा शपथ लिने

एर्दोगानले शनिबार संसदमा शपथ लिने


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    टर्कीको सर्वोच्च निर्वाचन परिषद्ले बिहीबार आधिकारिक रूपमा रिसेप तैयप एर्दोगानलाई ५२ दशमलव १८ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणबाट विजेता घोषित गरेको छ ।

    मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा टर्कीमा कूल ५ करोड २ लाख ९३ हजार ३ सय ७५ मतदाताले मतदान गरेका थिए । एर्दोगान दोस्रो चरणको चुनावमा राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भएका हुन् ।

    उनले टर्कीको विपक्षी ब्लकका राष्ट्रपति पदका उम्मेदवार, केन्द्र–वामपन्थी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । उता प्रत्यासी किलिचदारोग्लुले ४७ दशमलव ८२ प्रतिशत मत प्राप्त गरेका थिए ।

    मे १४ मा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः राष्ट्रपतिको निर्वाचन भएको थियो । एर्दोगानले शनिबार संसदमा शपथ लिने र त्यसपछि आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्नेछन् । सांसदहरूले आज संसदमा शपथ लिँदैछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend