logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीले गरे महाकालेश्वर मन्दिरमा पुजा

प्रधानमन्त्रीले गरे महाकालेश्वर मन्दिरमा पुजा


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । शुक्रबार दिउँसो मन्दिरमा पुगेका प्रधानमन्त्रीले पूजाआजा गरेका हुन्।

    पूजामा भ्रमण दलमा रहेका सरकारका अन्य मन्त्रीहरू पनि सहभागी थिए । प्रधानमन्त्री प्रचण्डले पत्नीको स्वास्थ्य लाभको कामना गर्दै महाकालेश्वर मन्दिरमा १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ दान गरेका छन् । प्रधानमन्त्री नयाँदिल्लीबाट मध्य प्रदेश पुगेका थिए। इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend