logo

२०८३ साउन १३ बुधबार

म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम शुक्रबार प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

    म्यान्मा सरकारले चक्रवात मोचाबाट प्रभाावित भएकाहरूका निम्ति जारी राखेको सहायता कार्यक्रममा थप सहयोग गर्न मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गरिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    चक्रवात मोचाबाट म्यान्माको रखाइन राज्यमा सयौँले ज्यान गुमाएका छन्भने भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ । सहायता रकम कम्बोडियाका लागि म्यान्माका राजदूतलाई विदेश मन्त्रालयमा हन्तान्तरण गरिएको हो । चक्रवाताका काण म्यान्मामा भएको जनधनको क्षतिप्रति कम्बोडियाले गहिरो दुःख व्यक्त गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend