logo

२०८३ साउन १४ बिहिबार

काठमाडौंको थापाथलीमा मनोरञ्जन र व्यापार एकैस्थलमा

काठमाडौंको थापाथलीमा मनोरञ्जन र व्यापार एकैस्थलमा


हाम्रो राष्ट्र
  • शनिबार, २० जेष्ठ २०८०
  • 5.2K
    SHARES

    काठमाडौं । मुलुक अर्थतन्त्रको संकटमा परिरहेका बेला काठमाडौंका थापाथलीमा एक समूहले नयाँ व्यावसाय सुरु गरेका छन् । आर्थिक चुनौतिलाई अवसरको रुपमा बदल्न यस्यसवी राज्यलक्ष्मी शाह र उनका साथीहरुको समुहले काठमाडौंको थापाथलीमा नयाँ व्यवसाय सुरु गरेका हुन् ।

    कर्णाली प्रदेश सभाका सदस्य राजिव बिक्रम शाहकी छोरी समेत रहेकी शाहले उनको आफ्नै निजी निवास काठमाडौंको त्रिपुरेश्वरमा भएको खाली जमीनलाई व्यापारिकस्थलका रुपमा परिणत गरेका हुन् । उनीहरुको व्यवसायलाई प्रोत्साहन गर्नका लागि उनकी मुवा जय राज्यलक्ष्मी शाह र आमा शिवानी सिंहले समर्थन गर्दै व्यापारमा साथ दिएका छन् ।

    हरेक हप्ताको शुक्रबार बेलुकी ५ बजे देखि ९ बजेसम्म रमाइलो साँझमा सहभागिताका लागि नयाँ व्यवसाय शुरु गरेको उनको भनाइ छ । यहाँ विभिन्न परिकारका खानेकुरा, नेपाली उत्पादनका सामानहरुका स्टल र म्युजिक खेलका साथमा घरमा प्रयोगमा आउने सजावटका सामना सुपथ मुल्यमा पाइने उनको भनाई छ ।

    उनका अनुसार शुक्रबार साँझ ५ बजेबाट सुरु भएर रातिको ९ बजे बन्द हुने उक्त बजार शनिबार बिहान ११ बजेबाट साँझको ५ बजे सम्म चल्नेछ । व्यवसायिक केन्द्र काठमाडौंको थापाथलीस्थित ग्रेट वाल मोटर्स शोरुम छेउमा रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend