logo

२०८३ साउन १३ बुधबार

अमेरिकाको भिसा शुल्क बृद्धि

अमेरिकाको भिसा शुल्क बृद्धि


हाम्रो राष्ट्र
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । अमेरिकाले गैरआप्रवासी भिसाको शुल्क बढाएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार सूचना जारी गरी भिसा शुल्क बढेको जानकारी दिएको हो ।

    दूतावासका अनुसार २०२३ जुन १७ तारिखदेखि अमेरिकाको भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुनेछ ।पेटिसनमा आधारित (एच, एल, ओ, पी, क्यू, आर) भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम हुनेछन् ।

    ई भिसा आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछन् । दूतावासले अन्तर्राष्ट्रिय यात्राले अमेरिकी अर्थतन्त्रमा विशेष भूमिका खेल्नेसमेत जनाएको छ । दूतावासले भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी एक वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिने जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend