logo

२०८३ साउन १३ बुधबार

राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सुडानमा सहयोग मिशनको म्यान्डेट विस्तार

राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सुडानमा सहयोग मिशनको म्यान्डेट विस्तार


हाम्रो राष्ट्र
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.3K
    SHARES

    संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले सुडानमा रहेको संयुक्त राष्ट्र संघीय सङ्क्रमण सहायता मिसनको कार्यादेश यस वर्षको डिसेम्बर ३ सम्म बढाउने निर्णय गरेको छ। सर्वसम्मतिले संकल्प २६८५ पारित गर्दै १५ सदस्यीय निकायले कार्यादेश कार्यान्वयनको प्रतिवेदन प्रत्येक ९० दिनमा परिषद् समक्ष पेश गर्न महासचिवलाई अनुरोध गर्दै यस विषयमा सक्रियतापूर्वक ध्यान दिने निर्णय समेत गरेको छ ।

    परिषद् सदस्यहरूले सुडानले सामना गरिरहेका जटिल चुनौतीहरूमा संयुक्त राष्ट्रसंघको प्रतिक्रियाहरू समन्वय गर्न मिसनको उपस्थिति पहिले भन्दा बढी महत्वपूर्ण हुने पनि उल्लेख गरेका छन् ।

    राजधानी खार्तुममा मुख्यालय रहेको सो मिसन सन् २०२० जुन ३ मा स्थापना भएको हो । शुरुमा १२ महिनाको अवधिको लागि स।थापना गरिए पनि दुई पटकसम्म विस्तार गरिएको थियो । मिसनको उद्देश्य सुडानलाई राजनीतिक स्थिरता, शान्ति निर्माण र विकासका क्षेत्रमा सही बाटोमा फर्काउने रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend