logo

२०८३ साउन १३ बुधबार

पाल्पामा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु

पाल्पामा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २१ जेष्ठ २०८०
  • 884
    SHARES

    पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा आइतबार साँझ ५ बजेको समयमा दुर्घटना भएको हो ।
           दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए ।
    घटनास्थलमा इलाका प्रहरी कार्यालय मुझुङ, प्रहरी चौकी बल्ढेङ्गढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरी जवान उद्धारमा खटिएका छन् । यो समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend