logo

२०८३ साउन १३ बुधबार

सुडानमा युद्धविरामका लागि अमेरिका र साउदी अरबको दबाब

सुडानमा युद्धविरामका लागि अमेरिका र साउदी अरबको दबाब


हाम्रो राष्ट्र
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    संयुक्त राज्य अमेरिका र साउदी अरबले सुडानका युद्धरत जनरलहरूबीच युद्धविराम वार्ताका लागि पुनः दबाब दिएका छन् । धेरै पटक युद्धविराममा सहमति भएको छ र भङ्ग भएको छ ।

    वासिङ्टनले गत हप्ता दुई युद्धरत जनरलहरूमाथि प्रतिबन्ध लगाएको थियो र दुवै पक्षलाई ‘भयानक’ रक्तपातको लागि दोषी ठहराएको थियो । सुडानको आधिकारिक सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का प्रतिनिधिहरू साउदी अरबको तटीय शहर जेद्दाहमा रहेका छन् ।

    अमेरिका र साउदी अरबको मध्यस्थतामा जारी युद्धविरामको पाँच दिनको समयावधि औपचारिक रूपमा शनिबार सकिएको छ, तर द्वन्द्व कम हुने कुनै सङ्केत देखिएको छैन । युद्धमा परी एक हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार १२ लाख मानिस आन्तरिक तथा बाह्यरूपमा विस्थापित भएका छन् भने चार लाख २५ हजारभन्दा बढी विदेश पलायन भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend