logo

२०८३ साउन १४ बिहिबार

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा


हाम्रो राष्ट्र
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    खोटाङ । यौन दुर्व्यवहारको आरोपका पक्राउ परेका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले राईलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

    राई धरौटी बुझाएर रिहा भएका छन् । छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा वैशाख २९ गते राई पक्राउ परेका थिए । राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभद्रा मदन (शुभम) फाउन्डेशनका संस्थापक/सञ्चालक हुन् ।

    फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया छात्राले राईले आफूलाई यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा राई पक्राउ परेका थिए । उनलाई फाउन्डेशनमा जान नपाउने गरी धरौटीमा रिहा गरिएको हो । अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना माग गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend