सिन्धुली । सुनकोशी नदीमा खसेको सीटीईभीटीको गाडी भेटिएको छ । मंगलबार सशस्त्र प्रहरीको बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टर सुवास थापाको कमान्डमा खटिएको गोताखोर टोलीले सुनकोशीबाट गाडी र २ वटा शव बाहिर निकालेको हो । शवको सनाखत हुन बाँकी छ भने सुनकोशी नदीमा बेपत्ता भएका अर्का १ जनाको अवस्था अझै अज्ञात छ।
सशस्त्र प्रहरी बलको गोताखोर टिमले अझै खोजी कार्य गरिरहेको छ । घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट जेठ १९ गते सुनकोशी नदीमा गाडी खसेको थियो। सो क्रमममा गाडीका चालक भने पौडिएर बाहिर निस्केका थिए।
गाडीसँगै सीटीईभीटीको प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल थिए । बा१झ ७४६७ नम्बरको सीटीईभीटीको जिप भक्तपुरबाट खोटाङ जाने क्रममा शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend