logo

२०८३ साउन १३ बुधबार

रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


हाम्रो राष्ट्र
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएकोमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

    मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सिंहको इजलासले उक्त मुद्दामा अग्राधिकार दिने आदेश समेत जारी गरेको छ ।

    कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए । टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले दायर गरेको रिटमाथि मंगलबार पहिलो सुनुवाइ भएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend