logo

२०८३ साउन १४ बिहिबार

नेप्सेमा २५ अंकको बृद्धि

नेप्सेमा २५ अंकको बृद्धि


हाम्रो राष्ट्र
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 936
    SHARES

    काठमाडौं । सोमबार दोहोरो अङ्कले घटेको शेयरबजार नेप्से मंगलबार २५ अङ्कले बढेको छ । मंगलबार नेप्से २५ दशमलव ६६ अङ्कले बढेर एक हजार नौ सय २७ दशमलव ६५ बिन्दुमा पुगेको छ ।

    सबै समूहको शेयर बढेकोमा होटल र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ६९ वटा कम्पनीका ५५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ९८ करोड १० लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै सोल्टी होटलको नौ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै न्यादी जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशत र सोल्टी होटलको शेयर झण्डै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर साढे दुई प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend