logo

२०८३ साउन १३ बुधबार

डिआइजी सिंहको राजीनामा स्वीकृत

डिआइजी सिंहको राजीनामा स्वीकृत


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 975
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

    गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनकको राजीनामा स्वीकृत गरेका गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिइ ।

    राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाइसकेको छ । सिंहले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाएका थिए ।

    राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए । जन्ममिति फरक परेको विषय सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

    उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । नेपाल प्रहरीले पनि उनको जन्ममितिका बारेमा आन्तरिक छानबिन गरिरहेको थियो । उनले राजीनामापत्रमा घरायसी कारण उल्लेख गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend