logo

२०८३ साउन १३ बुधबार

यस्तो छ मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


हाम्रो राष्ट्र
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरेका हुन्

    नीति तथा कार्यक्रममा ‘एक टोल एक सामुहिक कृषि उत्पादन’, ‘एक वडा एक विशेष उत्पादन’, ‘एक पालिका एक उत्पादन क्षेत्र’ लगायतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। मधेस प्रदेशको कृषि क्षेत्रको सम्भावना विकास तथा प्रवर्द्धनका लागि गुरुयोजना तयार गर्ने, किसानलाई प्रत्यक्ष लाभ हुने गरी समयमै मल, उन्नत बीउ बिजन, प्राविधिक सेवा तथा अन्य आवश्यक सामग्रीहरूको उपलब्धताको सुनिश्चितता गर्नुको साथै वस्तुपरक आधारमा अनुदान सहयोग उपलब्ध गराउने नीति लिएको छ ।

    यस्तै, कृषि विश्वविद्यालय अन्तर्गत सम्भाव्यता अध्ययन गरी बारामा ‘भेटनरी कलेज एण्ड रिसर्च सेन्टर’ स्थापना गर्ने, सिँचाई प्रयोजनका लागि लाग्ने विद्युत महशुलमा कृषकलाई ५० प्रतिशत अनुदानको व्यवस्था मिलाउने, सिँचाईको सुविधा उपलब्ध गराउन नसकिने क्षेत्रहरूमा भूमिगत जलको उपलब्धता तथा भौतिक अवस्थाको आधारमा प्रदेशका जिल्लाहरूमा डिप ट्युबेल कलस्टर तथा विद्युतीकरण सहितको श्यालो ट्युबेल कलस्टर बनाएर ट्युबेल सिँचाई प्रणाली जडान गरी सिँचाई सुविधा पुर्याउने नीति मधेस सरकारले लिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend