logo

२०८३ साउन १३ बुधबार

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय


हाम्रो राष्ट्र
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको हो ।

    त्यस्तै बैठकले सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । बैठकले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    उनले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भूजेललाई तोकिएको बताइन् । बैठकले काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तर गर्ने निर्णय गरेको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सो औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गरिएको हो।

    बैठकले जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा हुने ‘मेट्रो पोलिस वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको भ्रमण स्वीकृत गरेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend