सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सरकारले बुधबार प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि नीति कार्यक्रम प्रस्तुत गरिएको हो। प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा चिडियाखाना स्थापनादेखि मनोरेल सेवाका लागि संभाव्यता अध्ययनसम्मका विषय समावेश गरिएको छ।
प्रदेश सरकारले व्यवसायिक कृषिका लागि त शून्य ब्याज नारा नै दिएर नीति तथा कार्यक्रममा राखेको छ । प्रदेश सरकारले धनगढी–अत्तरिया मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ।
प्रदेश बस सेवा सञ्चालन गर्न असफल भएको प्रदेश सरकारले मनोरेल सेवा सञ्चाल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो। आगामी आर्थिक वर्ष २०८०/८१ मा मनोरेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend