logo

२०८३ साउन १३ बुधबार

स्याङ्जामा जिससको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

स्याङ्जामा जिससको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, २४ जेष्ठ २०८०
  • 3.8K
    SHARES

    पोखरा । स्याङ्जाको सिरुवारीबाट फर्किदै गरेको बा १ झ ५८७८ नम्बरको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी ३ सहरे नजिक खोले भन्ने ठाउँमा दुर्घटना हुँदा सवारी चालक अमृत खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला समन्वय समिति स्याङ्जाका समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलको खुट्टा भाँचिएको छ भने अम्विका पौडेल र टिकाराम पौडेल सामान्य घाइते भएका प्रहरीको भनाई छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ। गाडी बाटोबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend