logo

२०८३ साउन १४ बिहिबार

कालीकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कालीकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका २ सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासी ब्याक भई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सर्वराज बमले जानकारी दिएका छन् । दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही गम्भीर घाइते भएकी छन् । जिप सेरा बजारबाट कालीकोट सदरमुकाम मान्मतर्फ जाँदै गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend