logo

२०८३ साउन १३ बुधबार

थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्छः अर्थमन्त्री महत

थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्छः अर्थमन्त्री महत


हाम्रो राष्ट्र
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । बिहीबार नेपाल धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्ने बताए ।

    उनले ५६ लाख डिम्याट होल्डरलाई देखाएर सीमित समूहले फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । सेयर बजारमा खेल्ने समूहले करको कुरा उठाएर फाइदा लिएको उनको भनाइ थियो । बजेटमा आफ्नो स्वार्थ नपरेकाले अहिले कतिपय असन्तुष्ट रहेको भन्दै उनले बजेटले व्यवसायीलाई मर्कामा नपारेको दाबी गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend