logo

२०८३ साउन १३ बुधबार

शेयर बजारमा सामान्य अंकको बृद्धि

शेयर बजारमा सामान्य अंकको बृद्धि


हाम्रो राष्ट्र
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बिहीबार शेयर बजार नेप्से बढेको छ । बिहीबार नेप्से ७ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय ३९ दशमलव ६१ विन्दुमा पुगेको छ । बिहीबार उत्पादन, जलविद्युत, होटल र बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । बीमा समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ ।

    बजार बढेको दिन दुई सय ७३ वटा कम्पनीका ५९ लाख ६२ हजार कित्ता शेयर दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र बुङगोल इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend