logo

२०८३ साउन १४ बिहिबार

बलात्कार आरोपमा उच्च अदालतका शाखा अधिकृत पक्राउ

बलात्कार आरोपमा उच्च अदालतका शाखा अधिकृत पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    विराटनगर । बलात्कार आरोपमा उच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका शाखा अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् ।

    विराटनगर महानगरपालिका–१ पोखरिया घर भएका ४८ वर्षीया प्याकुरेललाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका प्याकुरेलले मदिरा सेवन गरेर विराटनगरकी २२ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।

    उनले ती किशोरीलाई रातिको समयमा घरमा पुगेर एक हप्ताअघि बलात्कारको प्रयास गरेको महिलाले दिएको जाहेरीमा उल्लेख गरिएको छ । प्रहरीले प्याकुरेललाई बुधवार पक्राउ गरी जबरजस्ती करणी उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend