logo

२०८३ साउन १४ बिहिबार

यू–२० महिला एसियन कप छनोटमा नेपाल गोलविहीन

यू–२० महिला एसियन कप छनोटमा नेपाल गोलविहीन


हाम्रो राष्ट्र
  • शनिबार, २७ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल सबै खेलमा पराजित भएको छ । म्यानमार आज सकिएको खेलमा चाइनिज ताइपेइसँग ५–० गोल अन्तरले पराजित भयो ।

    नेपालले खेलेका तीन वटै खेलमा समान ५–० को नतिजा आत्मसाथ गरेपछि जितविहीन बन्दै घर फर्कने भएको हो । यानगोनस्थित थुवुन्ना स्टेडियममा नवौं मिनेटमा लिउ यू चीओले गोल गर्दै चाइनिज ताइपेलाई सुरुवाती अग्रता दिलाइन् ।

    २० औं मिनेटमा लाईयू चीले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ३६ औं मिनेटमा शिन यी चिङले टिमका लागि तेस्रो गोल गर्दा ४१ औं मिनेटमा हि जिया शिउअनले गोल गरेपछि ताइपेइ ४–० ले अघि बढेको थियो ।

    ४५ औं मिनेटमा ताइपेइकी हि जियाले व्यक्तिगत दोस्रो गोल गर्दा टिम भने ५–० ले अघि बढेको थियो । दोस्रो हाफमा थप गोल नखाए पनि चाइनिज ताइपेईविरुद्ध नेपालले दबाब भने सिर्जना गर्न असफल रह्यो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend