logo

२०८३ साउन १४ बिहिबार

‘यदि जलहरीमा १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ, म मृत्युदण्ड लिन तयार छु’

‘यदि जलहरीमा १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ, म मृत्युदण्ड लिन तयार छु’


हाम्रो राष्ट्र
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिनाथमा सुनको जलहरी लगाउँदा सुन तलमाथि नभएको दाबी गरेका छन् ।

    मंगलबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सदस्यसचिव थापाले सुन गायब पारिएको भन्ने कुरामा सत्यता नभएको बताएका हुन् ।

    उनले सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए । उनले यसमा आफूले गल्ती गरेको भए मृत्युदण्ड भोग्न तयार रहेको बताए ।

    बैठकमा भावुक हुँदै उनले भने, ‘९६ किलो सुन तयार भइसकेको छ। १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै हो । १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ। कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी हाल्यो। यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ। म मृत्युदण्ड लिन तयार छु।’

    थापाले यस विषयमा न्याय माग्न आत्महत्या गर्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए। उनले राष्ट्र बैंकसँगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले शिवरात्रिसम्म काम सक्नु भनेपछि उहाँहरुको निर्देशनमा छिटो काम गरेको बताए । उनले जलहरी लगाउँदा नेपाली सेना २४ सै घण्टा तैनाथ रहेको बताए ।

    उनले यस प्रकरणले आफ्नो बेइज्जत भएको र आफू पीडामा रहेको गुनासो गरे । समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति र यसको उपयोग सम्बन्धमा कोषका पदाधिकारीसँग छलफल गरेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend