logo

२०८३ साउन १५ शुक्रबार

प्रधानमन्त्रीविरुद्धको मुद्दालाई अग्राधिकार दिँदै सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

प्रधानमन्त्रीविरुद्धको मुद्दालाई अग्राधिकार दिँदै सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी


हाम्रो राष्ट्र
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतल कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश सपना मल्ल प्रधानको इजलासले मुद्दामा अग्राधिकार दिने आदेश दिएको छ ।

    १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध मुद्दा दर्ता भएको छ । तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वमा भाग लिएका बालसेनालाई संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले ‘अयोग्य लडाकु’ ठहर गरेपछि बाहिर निकालिएको थियो ।

    त्यसरी निकालिएपछि अपमान गरिएको भन्दै तत्कालीन अयोग्य ठहर भएका लडाकु लेनिन विष्टसहितले दायर गरेको मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाइ हो । विष्टसहितको मुद्दा जेठ १६ गते नै दर्ताका लागि सर्वोच्च लगिए पनि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

    दरपीठविरुद्धको निवेदनमा यही २६ जेटमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दरपीठ खारेज गर्दै मुद्दा दर्ता गर्न आदेश गरेका थियो । त्यही आदेशका आधारमा २८ गते दर्ता भएको भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend