logo

२०८३ साउन १४ बिहिबार

नागरिकता माग्दै माइतीघर मण्डलमा एक युवाद्वारा आत्मदाहको प्रयास

नागरिकता माग्दै माइतीघर मण्डलमा एक युवाद्वारा आत्मदाहको प्रयास


हाम्रो राष्ट्र
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । माइतीघर मण्डलमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । नागरिकताको माग गर्दै आन्दोलन गर्दै आएका एक युवाले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।

    शरीरमा आगो लगाएर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ ।

    आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा दिनहुँ प्रदर्शन गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend