logo

२०८३ साउन १३ बुधबार

शेयर बजारमा ३४ अंकको बृद्धि, चार अर्ब १२ करोड रुपैयाँको कारोबार

शेयर बजारमा ३४ अंकको बृद्धि, चार अर्ब १२ करोड रुपैयाँको कारोबार


हाम्रो राष्ट्र
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 962
    SHARES

    काठमाडौं । मंगलबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । मङ्गलबार नेप्से ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ विन्दुमा पुगेको छ ।

    मंगलबार सबै समूहको शेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ ।

    सोमबार दुई अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार दुई सय ७० वटा कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब १२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, बुलुङ इनर्जी विकास कम्पनी र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै युनिलिभर नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend