logo

२०८३ साउन १३ बुधबार

वडाध्यक्ष र वडासचिव ७० हजार घुससहित पक्राउ

वडाध्यक्ष र वडासचिव ७० हजार घुससहित पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिकाका दुईका वडाध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र रहेका छन् ।

    उनीहरूलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष यादव र वडासचिव मिश्रलाई सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend