logo

२०८३ साउन १३ बुधबार

कालो मोसो प्रकरणमा नेविसंघ मोरङका सभापति पक्राउ

कालो मोसो प्रकरणमा नेविसंघ मोरङका सभापति पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 871
    SHARES

    विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दलेको घटनामा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले बुधबार पोखरेललाई मोरङको बुढीगंगा क्षेत्रबाट पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान गर्न पोखरेललाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिएका छन् ।

    पोखरेलमाथि दुई दिनअघि सेवा आयोगका अध्यक्ष दाहाललाई मोसो दल्ने कार्यको नेतृत्व लिएको आरोप लागेको छ । कालो मोसो दल्ने कार्यमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सोमबार अध्यक्ष दाहाललाई नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालोमोसो दलेका थिए । पूर्वाञ्चल विश्वविद्यालयभित्र देखिएको समस्या समाधान गर्न चासो नदेखाएपछि कालोमोसो दलिएको विद्यार्थीहरुले बताएका छन् ।

    सेवा आयोगबाट कर्मचारी नियुक्ति गर्न मनोमानी गरेको, पटकपटक औपचारिक रूपमा उठाएको माग सम्बोधन गर्न चासो नदेखाएपछि कालोमोसो दलेको विद्यार्थीहरुले बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend