logo

२०८३ साउन १५ शुक्रबार

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आज

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आज


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं र संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि आज बोलाएको छ । समितिको बुधबार बसेको बैठकले कार्कीलाई सुनुवाइका लागि बिहीबार बोलाउने निर्णय गरेको हो । कार्कीलाई बिहीबार बिहान ८ बजे समितिमा बोलाइएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    समितिले बुधबार केही उजुरीकर्तासँग छलफल गरेको थियो । समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् । गत वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । कार्की हाल कामु प्रधानन्यायाधीश छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend