logo

२०८३ साउन १४ बिहिबार

क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा

क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1K
    SHARES

    Soccer Football - UEFA Nations League - Semi Final - Netherlands v Croatia - Feyenoord Stadium, Rotterdam, Netherlands - June 14, 2023 Croatia players celebrate after the match REUTERS/Piroschka Van De Wouw

    काठमाडौं । नेदरल्यान्ड्सलाई पराजित गर्दै क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा क्रोएसियाले नेदरल्यान्ड्सलाई ४–२ गोलले पराजित गरेको हो ।

    खेलको ३४ मिनेटमा मालेनको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो। क्रोएसियाका क्रामारिकले ५५ मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे । ७२ मिनेटमा पासालिकले गोल गरेपछि क्रोएसियाले २–१ को अग्रता लियो। तर दोस्रो हाफको इन्जुरी टायमम लाङले गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा २–२ को बराबरी गर्न सफल भएको थियो।

    अतिरिक्त समयमा धकेलिएको खेलमा क्रोएसियाका लागि पेट्कोभिकले ९८ मिनेटमा र लुक मोड्रिचले ११६ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । फाइनलमा पुगेसँगै क्रोएसिया पहिलो ठूलो उपाधि नजिक पुगेको छ । अब क्रोएसियाले आइतबार फाइनलमा इटाली वा स्पेनसँग खेल्नेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend