logo

२०८३ साउन १४ बिहिबार

गोलाप्रथाबाट पेसी तोक्दा न्याय निरुपणमा सहज भएको छः कार्की

गोलाप्रथाबाट पेसी तोक्दा न्याय निरुपणमा सहज भएको छः कार्की


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछि न्याय निरुपणमा सहज भएको बताएका छन् ।

    बिहीबार संसदीय सुनुवाइ समितिमा कार्कीले सर्वोच्च, उच्च र जिल्ला अदालतमा गोलाप्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको बताएका हुन् ।

    उनले भने,’कानुन व्यवसायीहरुसँग आफूले सोध्दा न्यायिक विचलन ६० प्रतिशत भन्दाबढीले घटेको बताउने गर्नुभएको छ । एकसय प्रतिशत पुर्याउन सकिन्छ भन्ने लागेको छ ।’

    २०७८ मंसिर १५ देखि गोलाप्रणालीबाट पेसी तोक्न सुरु भएको थियो । त्यसैगरी कार्कीले अहिले २०६२ देखि ०६९ सम्मका मुद्दा निमिट्यान्न पार्न लागिपरेको बताए ।

    उनले भने,’न्यायाधीश अभावका कारण सर्वोच्चको पाँच वर्ष पुरानो र जिल्ला र उच्च अदालतको दुई वर्ष पुरानो मुद्दा नील गर्न हामी सफल भएनौँ । अहिले १५ वर्ष पुराना मुद्दा नील गर्न लागिपरेका छौँ ।’

    उनले अटोमेसन प्रणालीबाट पेसी व्यवस्थापन गर्ने विषय अध्ययनको चरणमा रहेको बताए । एकपटक अटोमेसनमा गइसकेपछि त्यसबाट पछाडि फर्किन गाह्रो पर्ने भएकाले पहिले नै पर्याप्त अध्ययन भइरहेको उनको भनाइ थियो ।

    उनले आफूले इमान्दार रूपमा सांगठनिक भूमिका निभाएको जिकिर गरे । महान्यायाधीवक्ता र बार एसोसिएसनको अध्यक्षको भूमिका समेत निभाएको भन्दै उनले तीन महिनामै आफूलाई सर्वोच्च अदालतबाट अफर आएको बताए । कार्कीविरुद्ध उजुरी २९ वटा उजुरी परेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend