logo

२०८३ असोज ७ बुधबार

अध्यादेशमार्फत कोशी प्रदेश सरकारले ल्यायो ३६ अर्बको बजेट

अध्यादेशमार्फत कोशी प्रदेश सरकारले ल्यायो ३६ अर्बको बजेट


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 936
    SHARES

    विराटनगर । कोशी प्रदेश सरकारलेले आगामी आर्थिक वर्षको लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ । अर्थ मन्त्रालयसमेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यादेशमार्फत बजेट ल्याएका हुन् । कार्कीले सार्वजनिक गरेको बजेटमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार छ ।

    पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार हुँदा वित्तीय व्यवस्थापन एक अर्ब रहेको छ । त्यस्तै स्थानीय तहको अनुदानमा ३ अर्ब ६० करोड २९ लाख रकम विनियोजन गरेको हो ।

    प्रदेश संरचनाको निर्माणपछि पहिलोपटक कोशी प्रदेशले पहिलोपटक अध्यादेशमार्फत बजेट ल्याएको हो । बजेटको स्रोततर्फ आन्तरिक ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार र राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार आयको अनुमान उनले प्रस्तुत गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend