logo

२०८३ साउन १३ बुधबार

कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनित

कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनित


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जना सदस्य मनोनित गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको प्रचार विभागको सदस्यमा उनीहरूलाई मनोनयन गरेका हुन् ।

    विभागको सदस्यमा दीपकप्रसाद कुइँकेल, गोपाल झा, कृष्णप्रसाद बस्याल, तिलक राई, गोविन्द परियार, चन्देश्वर खत्वे, गणेश केसी, शिला इजम, गङ्गाधर पराजुली, लोकराज ढकाल, सन्तबहादुर चेपाङ, राजु मास्के, उमिद वागचन, लीला खनाल, चेतराज रेग्मी, मिथलेश मिश्र, मोती पौडेल, पवन अधिकारी, कमला पाण्डे, फूलमाया सुनार मनोनित भएका छन् ।

    यसैगरी विभागको सदस्यमा राजबहादुर गुरुङ, राघव गौतम, अनुषा नेपाल, निगम हुमागाईँ, गोविन्द मरासिनी, ई हुकुमबहादुर बुढा, रम्भा मिश्र, लवदेव ढुङ्गाना, दिनेशविक्रम शाह, सुरेश यादव, इन्द्र रिजाल, डा मो ओजिर देवान, पूर्णबहादुर नेपाली, अशोकनाथ योगी, विष्णुप्रसाद तिम्सिना, दीपेन्द्र वान्तवा, सज्जन ठाकुर, प्रकाश खरेल र विनोद मोक्तान मनोनित हुनुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend