logo

२०८३ साउन १३ बुधबार

प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतिले अनुमोदन

प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतिले अनुमोदन


हाम्रो राष्ट्र
  • शुक्रबार, १ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

    संसदीय सुनुवाइ समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend