logo

२०८३ साउन १४ बिहिबार

चीनमा स्वास्थ्य उपचार गरी माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता

चीनमा स्वास्थ्य उपचार गरी माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, १ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेता पुन शुक्रबार स्वदेश फर्किएका हुन् । उनको स्वागतका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी विमानस्थलमा पुगेका थिए ।

    विमानस्थलमा पुनले आफू सबैको माया र सद्भावले स्वास्थ्यलाभ गरी फर्कन पाएकामा खुसी व्यक्त गरे । पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend