logo

२०८३ साउन १३ बुधबार

काठमाडौं महानगरका प्रमुख बालेनलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं महानगरका प्रमुख बालेनलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण


हाम्रो राष्ट्र
  • शुक्रबार, १ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले सात दिने स्पष्टीकरण सोधेको हो ।

    प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो । यसै विषयमा प्राधिकरणले महानगर प्रमुखसहितलाई स्पष्टीकरण सोधेको हो ।

    प्राधिकरणको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend