काठमाडौं । अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङबाहेक १६ जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँणका पीए नरेन्द्र केसी, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका अध्यक्ष शमसेर मिया, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरीलगायत १६ जना थुनामा बस्ने भएका हुन् । उनीहरू सबैलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । यो प्रकरणमा १२ जना फरार छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend