logo

२०८३ साउन १३ बुधबार

कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु

कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    वीरगंज । कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आजदेखि पर्साको वीरगन्जमा सुरु भएको छ । सम्मेलन सुरु हुनुअघि बिहान प्रभातफेरी गरिएको छ ।

    सम्मेलनका अवसरमा वीरगञ्जको घण्टाघरबाट सम्मेलनस्थल टाउन हलसम्म प्रभातफेरी गरिएको छ । सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्ने कार्यक्रम छ ।

    शनिबारदेखि केन्द्रीय कार्यकारिणी परिषद्को ४८औँ बैठक संयुक्तरूपमा हुने तय भएको छ । नेपाल कानुनी व्यवसायी परिषद्को तथ्याङ्कानुसार नेपालभर करिब तीन हजार कानुन व्यवसायी महिला छन् भने सम्मेलनमा तीन सयभन्दा बढी कानुनी व्यवसायी महिला सहभागी भएका बारका महासचिव अञ्जिता खनालले जानकारी दिइन् ।

    बारको कार्यकारिणी बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धु्रवबहादुर प्रधानले उद्घाटन गर्ने कार्यक्रम छ ।

    ‘पेशागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ नाराका साथ आयोजना गर्न गरिएको सम्मेलनमा बारले ‘वर्तमान अवस्थामा बारको भूमिका भावी कार्ययोजनासहितको मार्गचित्र’बारे छलफल गर्नेछ ।

    त्यस्तै सम्मेलनले समग्र महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानुन व्यवसायी महिलाको भूमिका, सङ्घीय संरचनमा महिला सहभागिता, पेशागत चुनौती, हिंसापीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायत विषयमा विभिन्न विषयमा अवधारणापत्र र कार्ययोजनामाथि बृहत् छलफल गर्ने भएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend